सडक दुर्घटना हुँदा ६९ भन्दा बढि गाडी एकै थुप्रो !



०७ पुष २०७६, अमेरिका

अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा  ६९ भन्दा बढि गाडी एकै थुप्रो भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त दुर्घटना बाक्लो कुहिरो र हिउँ परेका कारण भएको भर्जिनिया पुलिसले जानकारी दिएको छ ।

दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बताएका छन् ।

योर्क पोक्वोसन सेरिफको अफिस र भर्जिनिया स्टेट पुलिसमार्फत् प्राप्त फोटोमा दुर्घटनापछि गाडीहरु एक अर्कालाई ठक्कर दिएर एकै थुप्रो लागेको देखिएको छ । स्टेटका पुलिसका अनुसार जम्मा ६९ गाडी एक आपसमा ठोक्किएका थिए ।

केही स्थानमा गाडीहरु यति बेस्सरी ठोक्किएका थिए कि अग्नि नियन्त्रक र आपतकालीन सेवामार्फत् कारभित्रका मानिसहरुको उद्धार गर्नुपरेको थियो ।

‘घटनास्थल र अस्पताल गरी ५१ जनाको उपचार भएको छ जसमध्ये दुईको स्थिती गम्भीर छ,’ योर्क काउन्टीका अग्निनियन्त्रण विभागका प्रमुख स्टिभ कोप्जिन्सिकीले भने ।

प्रतिक्रिया दिनुहोस्