आङ नै सिरिङ्ग पार्ने २० तस्बिरहरु



०७ पुष २०७६, काठमाडौं

यो मार्च २०११ मा मियाको जापानमा ९।१ परिमाणको भूकम्पपछि आएको छालको तस्बिर हो । भूकम्पकका कारण ३० फिट सुनामीको तरंगले त्यस क्षेत्रका धेरै ‘न्यू क्लियिर रिएक्टर’हरुलाई क्षति पु¥याएको थियो । यो जापानको अहिले सम्मको सबैभन्दा ठूलो भूकम्प हो ।

यो तस्बिरमा अप्रिल २०१३ मा बंगलादेश सावरमा आठ तल्ले भवन भत्किएपछिको २ मृत व्यक्ति देख्न सकिन्छ । यो भवन भत्किदा हजार भन्दा बढी मानिस मरेका थिए ।

अफगाान महिला आइशा मोहम्मदजईको यो तस्बिर अगस्ट २०१० मा टाइम म्यागेजिनको कभर पेजमा छापिएको थियो । उनका तालिवान पति र सासू ससुराले उनको नाक र कान काटेर छाडेका थिए । उनी आफ्नो युद्धग्रस्त देशमा महिलाको उत्पीडनको प्रतीक बनिन् । उनलाई उपचारका लागि संयुत राज्य अमेरिका लगिएको थियो । त्यही उनको शल्यक्रिया भएको थियो ।

२०११ डिसेम्बरमा कायरोको ताहिर चोकमा घातक झडपको क्रममा इजिप्टियन सैनिकले एक प्रदर्शनकारीलाई पक्राउ गरेको तस्बिर हो । प्रदर्शनकारीले सुरक्षामा संघर्ष गरेका प्रजातान्त्रिक समर्थक प्रदर्शनकारीबीच रिस थियो । तहरीर स्क्वायर विद्रोहको प्रतिकात्मक केन्द्र थियो । जसले वर्षको सुरुमै राष्ट्रपति होसनी मुभारकलाई गिरायो ।

जुन २०११ मा ब्रिटिश कोलम्बियाको भ्यानकोउभरमा हुल दंगा भएपछि एक जोडीले सडकमा चुम्बन गरेको यो तस्बिर भाइरल भएको थियो । स्ट्यान्ली कप फाइनलमा आफ्नो टीमले हारेको कारण आक्रोशित हकी प्रशंसकले भ्यानकोउभरको सहरमा हुलदंगा मच्चाएका थिए ।

तस्बिरमा २०१३ को एम टीभी अर्वाडमा रोबिन थिक्के र माइली साइरसले मञ्चमा पर्फम गरेको देखाइएको छ । उत्तेजक प्रदर्शनले मुख्य समाचारलाई हावी बनाएर यो विषयले चर्चा पाएको थियो ।

यो नोभेम्बर २०१३ मा पोप फ¥यान्सीसले गैर संक्रमिक आनुवंशिक रोग भएका एक व्यक्तिलाई अंगालो हाल्दै गर्दा कैद गरिएको तस्बिर हो । मिलनका ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । पोप फ¥यान्सीस क्याथोलिक चर्चका प्रमुख हुन् ।

तस्बिरमा रोहिंग्या आप्रवासी मे २०१५ मा थाई सेनाको हेलिकप्टरले खसालेका खाद्यान्न लिन डुंगााबाट हाम्फालेको देख्न सकिन्छ। म्यानमारको सेनाले जातीय मुस्लिम अल्पसंख्यक विरुद्ध हिंसा अभियान चलाएपछि ७ लाख ४० हजार भन्दा बढी रोहिंग्या बंगलादेशमा भागेका थिए ।

यो २०१६ मा क्याट स्टबलफिल्डले तस्बिरका लागि पोज दिँदै गरेको तस्बिर हो । अनुहार प्रत्यारोपण गर्न उनी क्लिनिकमा बसेकी थिइन् । उनले २०१४ मा आफूले आफैलाई गोली हानेकी थिइन् ।

२०१४ अक्टोबरमा टर्की सिरिया सिमाना नजिक आईएस आतंकवादीले गरेको हवाई हमलाको ठाउँमा उभिएका एक सैनिक । संयुक्त राज्य अमेरिका र धेरै अरब राष्ट्रले आफ्ना लडाकुलाई कमान्ड, ट्रेनिङ र पुःन समर्थन गर्ने क्षमताका लागि आइएसआइएसमाथि बम विस्फोट गरिरहेको थियो ।

ग्रीस टापु किनारमा डुबेको यो बालकको तस्बिर संसारभर भाइरल भएको थियो । २ वर्षका ती बालक १२ शरर्णाथीमध्ये एक थिए । जुन त्यस दिन यात्रा गर्ने प्रयासमा असफल भएर डुबे ।

यो तस्बिरमा बेयनाजार मोहम्मद नजर अफगानिस्तानको कुर्गस्थित अस्पतालको अपरेटिङ बेडमा मृत अवस्थामा छन् । अफगान सेनाले २०१५ मा हवाई सहयोगको लागि आग्रह गरेपछि अस्पताल दुर्घटनाग्रस्त भएको थियो ।

जुन २०१५ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा सजाय सुनाइएको बेला पूर्व ओलम्कि स्प्रिन्टर ओस्कर पिस्टोरियस आफ्नो कृत्रिम खुट्टा बिना हिँडेको यो तस्बिर निकै भाइरल भएको थियो ।

यो तस्बिरमा मे २०१७ मा काराकास, भेनेजुएलामा सरकार विरोधी प्रदर्शनको क्रममा एक प्रदर्शनकारीलाई जलाइएको देख्न सकिन्छ । भिडन्तमा पुलिसको मोटरसाइकल ग्यास ट्याङ्की विस्फोट भएको थियो ।

यो तस्बिरमा २०१६ अगस्तमा सिरियाको अलेप्पोमा हवाई हमलापछि एम्बुलेन्समा एक केटालाई देखाइएको छ । हवाई हमलाले ध्वस्त भएको घरमा उनी आफ्ना आमा बुबा र दुई भाइ र बहिनीसँग थिए ।

२०१७ मा भर्जिनियाको कार्लोटसभिलेमा गोरे राष्ट्रवादीको जुलुसको विरुद्धमा उत्रिएका मानिसको हुलमाथि गाडी हुक्याइएको थियो । सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भएको थियो । २० वर्षय जेम्स एलेक्स फिल्ड्सलाई भीडमा गाडीले हानेर मारेको आरोप लगाइएको थियो ।

तस्बिरमा जोसेफ बाकिराले सुडानलाई  सेतो राइनो सान्त्वना दिदैँ छन् । यो मार्च २०१८ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा जनावरको मृत्यु हुनुभन्दा केही अगाडिको तस्बिर हो । ४५ वर्षका राइनोको स्वास्थ्य अवस्था ठीक थिएन् ।

यो तस्बिरमा सल्भाडोरन आप्रवासी ओस्कर अल्बर्टो मार्टिनेज र उनको २ वर्षीय छोरी एन्जी भलेरियाको लास मक्सिकोको माटामोरोस नजिकै रियो ग्रान्डेको किनारमा देखाइएको छ । संयुक्त राज्य अमेरिका पुग्न अपानाइएको नदी पार गरेर टेक्साको ब्राउनभिलमा डुबेका थिए ।

तस्बिरमा दुई घाइते महिला बेल्जियमको ब्रसेल्सको एरर्पोटमा बसेका छन् । मार्च २०१६ मा भएको विस्फोटको जिम्मेवारी आइएसआइएसले लिएको थियो ।

जुलाई २०१५ मा स्वीजरल्यान्डको ज्यूरिचमा पत्रकार सम्मेलन फिफाका अध्यक्ष सेप ब्ल्याटरलाई डलर बिलको वर्षा गरिएको घटना तस्बिरमा कैद गरिएको थियो ।

तस्बिर स्रोत : सीएनएन अनलाइन

प्रतिक्रिया दिनुहोस्