४ दिनमा ‘दबंग ३’ ले कमायो मात्र ९२ करोड, किन भयो चलचित्रको व्यापार कमजोर ?



०८ पुष २०७६, काठमाडौँ

सलमान खान बलिउडका किङ्ग हुन् । उनको चलचित्र भनेपछि यसैपनि दर्शक हलसम्म पुग्ने गर्छन् । सलमानको फिल्मले २–३ दिनमा नै सय करोड बढी कमाउने गरेका छन् ।

तर गत शुक्रबारबाट  प्रदर्शनमा आएको चलचित्र दबंग ३ ले भने सोचजस्तो व्यापार गर्न सकेको छैन । दबंग ३ ले पहिलो दिन नै रेकर्ड ब्रेक व्यापार गर्ने अपेक्षा धेरैको थियो । तर भारतमा अहिले चलिरहेको आन्दोलनको पनि प्रभाव परेको हुनसक्छ, चलचित्रले त्यति राम्रो व्यापार गर्न सकेन ।

दबंग ३ ले रिलिजको चौथो दिनसम्म आइपुग्दा पनि मात्र ९२ करोडको व्यापार गरेको छ । यो चलचित्रले राम्रो पिकअप लिन नसक्नुको मुख्य कारण भनेको चलचित्रको वर्ड अफ माउथ नै कमजोर हुनुलाई मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्