०८ पुष २०७६, काठमाडौँ
अहिले एउटा अनौठो समाचारले विश्वलाई नै चकित बनाएको छ । इटालीकी १०१ बर्षकी वृद्धाले बच्चा जन्माएर विज्ञानलाई चकित बनाइदिएकी छिन् । हामीले पढ्दा महिलाको प्रजनन क्षमता ४९ बर्षसम्म मात्र हुन्छ भन्ने बुझेका छौँ ।
तर यी महिलाले विज्ञानले प्रमाणित गरेको कुरालाई नै गलत साबित गरिदिएकी छिन् । ती वृद्धाले आफ्नो १७ औँ सन्तानको रुपमा आफ्नो बच्चालाई जन्म दिएकी छिन् ।
उनले चिकित्सकको आलोचनाका बाबजुत अण्डासय प्रत्यारोपनबाट उक्त बच्चालाई जन्म दिएकी हुन्। टर्कीको एक निजी क्लिनिकमा डा एलेक्जेन्ड्रो पोपोलिकीद्धारा वृद्धाले अण्डाशयको प्रत्यारोपन गराएकी थिइन्। उक्त प्रत्यारोपण सल्यक्रियाका बावजुत पनि वृद्धाले स्वस्थ बच्चाको जन्म दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।