०९ पुष २०७६, काठमाडौँ
अञ्जु पन्त निकै चर्चित गायिका हुन् । उनले थुप्रै सुपरहिट गीतहरु गाइसकेकी छिन् । अञ्जुको आवाज फिल्मका गीत, आधुनिक गीत तथा लोकगीतमा पनि निकै नै फिट हुन्छ । त्यसैले उनी सधैँ नै व्यस्त भैरहेकी हुन्छिन् ।
मनोज राजसँग डिभोर्स भएपछि लामो समयदेखि अञ्जु आफ्नी छोरीलाई लिएर एक्लै बस्दै आएकी छिन् । यस्तै बेला बेलामा अञ्जुलाई दोस्रो विवाहबारे पनि सोध्ने गरिन्छ । अञ्जुले भने दोस्रो विवाहबारे आफ्नो कुनै योजना नरहेको बताएकी छिन् ।
उनले दोस्रो बिहे आफूलाई गर्न कत्तिपनि रहर नभएको पनि बताएकी छिन् । साथै उनले कतिबेला सम्बन्ध टुट्छ थाहै नहुने भएकाले गर्लफ्रेण्ड, ब्वाइफ्रेण्डमा विश्वास नै नलाग्ने पनि बताइन् ।