‘कमेडी च्याम्पियन’ मा आफ्नो निकै मजाक उडाइयो भन्दै रिसाइन् ऋषि धमलाकी श्रीमती एलिजा



०९ पुष २०७६, काठमाडौँ

पछिल्लो समयमा दर्शकले निकै रुचाएको रियालिटी शो हो, कमेडी च्याम्पियन । कमेडी च्याम्पियन नेपालको पहिलो कमेडी रियालिटी शो हो । यो शो लाई दिनप्रतिदिन दर्शकले रुचाइरहेका छन् ।

यस्तै कमेडी च्याम्पियन को गत सोमबार प्रशारण भएको एपिसोडमा गेष्टको रुपमा धमला दम्पत्ति आएका थिए । यस्तै एक प्रतिस्पर्धीले ऋषि धमला र उनकी श्रीमती एलिजा गौतमको मजाक उडाउँदै कमेडी गरेका थिए । हुन त शो सुरु हुनुभन्दा अगाडी नै धमला दम्पत्तिलाई कार्यक्रमबारे जानकारी गराइएको थियो । तर बाहिर निस्किसकेपछि आफूमाथि गरेको व्यङ्ग्यप्रति धमलाकी श्रीमतीले गुनासो पोखिन् ।

उनले कसैको पनि मजाक उडाउनु अघि सय पटक सोच्न आवश्यक भएको बताइन् । साथै उनले कमेडीको नाममा कसैको भावनासँग खेल्न नपाइने पनि बताइन् । उनले कमेडी च्याम्पियन मा भनिएका केही कुरा आफूलाई चित्त नबुझेको पनि सुनाइन् । तर ऋषिले भने उक्त कुरालाई सकरात्मक तरिकाले लिएका छन् । उनले आलोचित हुने व्यक्ति नै भविष्यमा सफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्