‘महिनावारी भएको बेला घरमा झुट बोलेर भाइटिका लगाएकी छु’ : स्वस्तिमा खड्का



०९ पुष २०७६, काठमाडौँ

अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्काले आफ्नो महिनावारी हुदाँको केही कुराहरु सेयर गरेकी छिन् । विशेष बाहुन, क्षेत्रीको परिवारमा महिनावारी हुदाँ छोरी मान्छेलाई ४ दिनसम्म किचनमा जान, मन्दिरमा जान दिइने गरिदैँन । यो परम्परा अझैपनि कत्ति परिवारमा छ ।

यस्तै स्वस्तिमाले विवाह गरेर गएपछि यो कुरा केही हदसम्म निभाएकी छिन् । स्वस्तिमालाई भने यो कुरा पटक्कै मन पर्दैन । उनलाई महिनावारी हुदाँ छोइछाई गर्नु हुदैँन भन्ने कुरामा विश्वास नै लाग्दैन । उनले आजभोली आफूले यस्तो कुरा बार्ने नगरेको बताइन् ।

पहिलो पटक महिनावारी हुदाँ घरबाट टाढा जानुपर्दा आफू निकै रोएको पनि उनले सुनाइन् । स्वस्तिमाले एकपटक महिनावारी भएको बेला झुट बोलेर भाइटिका समेत लगाएको बताइन् । उनले महिनावारी हुदाँ छोरीलाई घरबाट अलग गर्न जरुरी नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्