०९ पुष २०७६, काठमाडौँ
बलिउड नायिका दिपिका पादुकोणले केहीसमय अघि २००४ मा उनी डिप्रेशनमा गएको बताएकी थिइन् । धेरै कामको प्रेशरका कारण पनि डिप्रेशनमा गएको उनले बताएकी थिइन् ।
अहिले दिपिकाले फेरि यसबारे केही बताएकी छिन् । दिपिकाले छपाक को सुटिङको समयमा पनि आफू पुनः डिप्रेशनमा गएको बताएकी छिन् । उनले छपाक को छायांकनको क्रममा आफूलाई काउन्सिलरको आवश्यकता समेत परेको बताइन् ।
उनले भनिन्–‘म निकै नै थाकेको महशुश गरिरहेकी थिएँ । लामो समयसम्म काम गर्ने गरेकाले मलाई यस्तो भएको हो कि भन्ने पनि लाग्थ्यो । तर, मैले आफूमा ‘क्लस्ट्रोफोबिक’ भएको महुशश गर्न थाले ।’
दीपिकाका अनुसार, ‘क्लस्ट्रोफोबिक एउटा यस्तो डर हो, जहाँ मान्छे आफूलाई सानो कोठामा बन्द भएको महशुश गर्छ । दीपिकाले यो भूमिका आफ्ना लागि भावानात्मक रुपमा पनि कठिन भएको बताइन् । एसिड पीडित एक किशोरीको बारेमा सोच्नु र उनको स्थानमा आफूलाई राख्नु सजिलो काम नभएको दीपिकाले बताइन् ।