०९ पुस २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाको एकमात्र सामुदायिक क्याम्पस कपन बहुमुखी क्याम्पसको निर्माणाधिन भवनको तल्लो तल्ला अगाडिको बाटो सम्याउने प्रक्रियामा अनियमितता गरेको भनी विभिन्न संचार माध्यममा प्रकाशित समाचारको क्याम्पस व्यवस्थापन समिति र बूनपा १० को वडा कार्यालयले प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित सामुदायिक सहभागितामा संचालित कपन बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमार्फत निर्माणाधिन क्याम्पस भवन क्षेत्रभित्र क्याम्पस निर्माण गर्ने क्रममा निस्केको ढुङ्गा, माटो, बालुवा लागायतको सामाग्रीहरु जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको मिति ०७४/०७/२७, च.नं. ८९८ र बूढानीलकण्ठ नगरपालिकाको मिति ०७४/१०/०९ को च.नं. ६०२ को पत्रानुसार कपन क्याम्पसले आफूलाई आवश्यक पर्ने प्रयोग गरि बढी भएको बिक्री वितरण गरि सोको आम्दानी तथा खर्च विवरण बूढानीलकण्ठ नगरपालिकामा बुझाउने गरि इजाजत दिईएकोमा सोको सत्यतथ्य नबुझी ‘जनप्रहार’ साप्ताहिकमा ‘निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो’ भन्ने शिर्षकमा समाचार प्रकाशन भएको छ ।
प्रकाशित समाचारमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई र नगरप्रमुख उद्धवप्रसाद खरेललाई बालुवाको अवैध कारोवारी भनी निराधार आरोप लगाईएको छ ।
प्रहरी आईजीपी सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत प्रहरी अधिकृत रघु विष्टसँग भर्खरै विवाह गरेकी कपन प्रहरी प्रभाग प्रमुख सुरक्षा केसीले आफूलाई आईजीपीको पहुँच देखाएर स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा लगायतलाई वेवास्ता गर्ने, सार्वजनिक रुपमा अपमान गर्ने गरेको बूनपा १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले आरोप लगाएका छन् ।
नेपालको महिला प्रहरीहरुमा कमाण्डो तालिम लिएकी एकमात्र महिला प्रहरी भएपनि निराधार रुपमा जनप्रतिनिधिको चरित्र हत्या गर्न उनी हात धोएर लागेको स्थानीय नेकपाका नेता जगत निरौलाले बताए ।
निर्वतमान कपन प्रभाग प्रमुख मीन बहादुर कुँवर हुँदा साप्ताहिक रुपमा गरिने ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ केसीको आगमन सँगै पूर्ण रुपमा रोकिएको छ । स्थानीय जनप्रतिनिधि र प्रहरी अधिकृतबिच हुने नियमित सुचनाको आदान–प्रदानमा समेत केसीले कुनै ध्यान नदिएको बूनपा ११ का वडाध्यक्ष राजु अधिकारी बताए ।
स्थानीय प्रहरीले जनताको सुरक्षा गर्नुपर्नेमा जनप्रतिनिधिको चरित्र हत्या गर्दै प्रतिनिधिलाई नै आतंकित बनाउने कार्यको थालनी गरेकोमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले दु:ख ब्यक्त गरेका छन् ।
कपन बहुमुखी क्याम्पसद्वारा जारी प्रेस विज्ञप्तीमा समेत अनावश्यक रुपमा स्थानीय जनप्रतिनिधिलाई यस घटनासँग मुछेकोमा खेद प्रकट गर्दै निर्माणाधिन क्याम्पसको जुनसुकै हिसाबकिताब सार्वजनिक गर्न व्यवस्थापन समिति तयार रहेको जनाएको छ ।
बूनपा १० द्वारा जारी प्रेस विज्ञप्ती :
कपन बहुमुखी क्याम्पसद्वारा जारी प्रेस विज्ञप्ती :