१० पुष २०७६, काठमाडौँ
नायिका केकी अधिकारीले महिनावारी हुदाँ आफूले भोगेका केही कुराहरु सेयर गरेकी छिन् । उनले आफ्नो करियरको सुरुवातमा एकपटक महिनावारी भएको बेला सुटिङमा जादाँ आफूलाई आरोप समेत लागेको बताइन् ।
उनले भनिन्, एकदिन म महिनावारी भएको बेला सुटिङमा जादाँ केही कारणले गर्दा क्यामेरा बिग्रिएको थियो । तर त्यसबेला महिनावारी भएको बेला क्यामेरालाई छोएकाले क्यामेराले काम नगरेको भन्दै मलाई आरोप लगाइयो । मलाई त्यो कुराले निकै नै मन दुखेको थियो । म करियरको सुरुवातमा नै भएकाले त्यसबेला कसैलाई केहीपनि भन्न सकिन ।
साथै केकीले यस्तो अन्धविश्वास सबैले हटाउनु पर्ने बताइन् । उनले महिनावारी हुनु एउटा प्रक्रिया मात्र भएको पनि बताइन् ।