१० पुष २०७६, काठमाडौँ
अहिले जताततै रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भएको कुराको मात्र चर्चा छ । १७ बर्ष लामो वैवाहिक जीवनमा रामकृष्ण र उनकी श्रीमती निलमले पूर्णविराम लाउँदा धेरै चकित पनि परेका छन् ।
यस्तै रामकृष्णले सामाजिक सञ्जालमा स्टाटस लेख्दै हाम्रो सम्बन्ध कहिल्यै मर्दैन भनेका छन् । तर रामकृष्णकी श्रीमतीले भने उनले परिवारलाई समय दिन नसकेकाले र पटक–पटक विदेश गएर उतै सेटल हौँ भन्दा उनी नमान्नाले डिभोर्स भएको निवेदन पत्रमा खुलाएकी छिन् ।
यहि कुरामा ढकाल दम्पत्तिको केहीसमय देखि मनमुटाव भैरहेको रहेछ । अन्ततः दुवैले एकअर्काबाट अलग्गिने नै घोषणा गरे ।