१० पुष २०७६, काठमाडौँ
अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै नै भाइरल भैरहेको छ, जहाँ श्रीमतीले श्रीमानलाई छोडेर माइत जान लाग्दा श्रीमान डाको छोडेर रोएका छन् ।
यो भिडियो भारतको हो । श्रीमती आफ्ना श्रीमानसँग रिसाएर माइत जान लागेकी हुन्छिन् । श्रीमान भने श्रीमतीलाई उनलाई छोडेर नजाउँ भन्दै निकै रोएका छन् । यो भिडियो अहिले जताततै भाइरल भएको छ ।
कतिले भिडियो हेरेर पतिले पत्निलाई निकै माया गरेको बताएका छन् भने कतिले उनको मजाक पनि उडाइरहेका छन् ।
भिडियोमा देख्न सकिन्छ कि पत्नी रेलवे स्टेसनमा उभिइरहेकी हुन्छिन् । त्यही पति पुग्छन् र पत्नीलाई रोक्न खोज्छन् । उनले भन्छन्, ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु ।’ तर पत्नीले मान्दिनन् । उनले सम्बन्धविच्छेदको समेत कुरा गरेको भिडियोमा देख्न सकिन्छ ।