१० पुष २०७६, काठमाडौँ
बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहरले श्रीदेवीसँग काम गन नपाएकोमा खुसी भएको बताएका छन् ।
उनले एक कार्यक्रममा यो कुरा भनेका थिए । उनले आफू श्रीदेवीलाई निर्देशन गर्न लायकको नै नभएको बताए । करणले आफू श्रीदेवीको निकै ठूलो फ्यान समेत भएको बताए ।
उनले श्रीदेवीलाई निर्देशन गरेको भए आफू फेल हुने समेत बताए । उनले श्रीदेवीले असफलता डिजर्भ नगर्ने भएकाले पनि उनीसँग काम नगरेकोमा आफू खुसी नै भएको बताए ।