यी हुन् २०१९ मा सर्वाधिक कमाइ गर्ने ५ बलिउड चलचित्र…



१० पुष २०७६, काठमाडौँ

नयाँ बर्ष २०२० को सुरुवात हुनै लागेको छ । योसँगै यो बर्ष प्रदर्शनमा आएका बलिउड चलचित्रहरुमध्येको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको नाम पनि सार्वजनिक भैसकेको छ ।

यो बर्ष बलिउडको लागि सुखद रहेको छ । हुन त हरेक बर्ष नै बलिउडको लागि राम्रो साबित भएको छ । यो बर्ष प्रदर्शनमा आएका चलचित्रमहरुमध्ये सर्वाधिक कमाइ गर्ने ५ चलचित्रहरुको बारेमा यहाँ चर्चा गर्नेछौँ ।

भारत

सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्र भारत ले बक्सअफिसमा निकै राम्रो कमाइ गर्न सफल भएको छ । बक्सअफिसमा भारत ले १९७ करोडको कमाई गर्न सफल भएको छ ।

हाउसफूल ४

अक्षय कुमार, रितेश देशमुख, कृति सनन, बबी देवल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र हाउसफूल ४ ले पनि बक्सअफिसमा धमाका मच्चाएको थियो । हाउसफूल ४ को टोटल कमाई २०५ करोड रहेको छ ।

उरी

देशभक्तिले ओतप्रोत फिल्म उरीले अभिनेता विक्की कौशलको करियरलाई रकेटको रफ्तार दिलाएको छ । भारतीय सेनाले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेर उरीमा गरेको आतंक हमलाको बदला लिएको बिषयमा फिल्म बनेको थियो ।  फिल्मले २४४ करोड आम्दानी गर्न सफल भयो ।

कबिर सिंह

साहिद कपुर र कियारा अडवाणीको मुख्य भूमिका रहेको चलचित्र कबिर सिंह ले यो बर्ष बलिउडमा तहल्का नै मच्चायो । कबिर सिंह लाई दर्शकले निकै नै रुचाएका थिए । कबिर सिंह ले २७३ करोडको कमाई गर्न सफल भएको थियो ।

वार

ऋतिक रोशन, टाइगर श्राफ र वाणी कपुरको मुख्य भूमिका रहेको चलचित्र वार यो बर्ष बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ । वार ले २९२ करोडको व्यापार गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्