महावीर पुनको अपिल, ‘चर्च निर्माणको लागि भित्रिएका डलर आविष्कारमा लगाउनुस्’



११ पुष २०७६, काठमाडौं

आविष्कारको माध्यमबाट देशलाई समृद्ध बनाउन लागिपरेका महावीर पुनले चर्च निर्माणको लागि नेपाल भित्रिएका डलर आविष्कारमा खर्च गर्न अनुरोध गरेका छन्।

नेपालमा चर्च निर्माणको लागि करोडौं डलर भित्रिएको दावी गर्दै उनले उक्त डलर चर्च निर्माणमा नभएर आविष्कारमा लगाउन अपिल गरेका हुन्। उनले आविष्कारमा लगाइएको उक्त रकम देश परिवर्तनको सारथी बन्ने बताएका छन्।
आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ पहिलो उडान म्याग्दीबाट

को हुन् पुन?

म्याग्दीको विकट गाउँ नाङदीमा जन्मेका पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हाँसिल गरेका छन्।

२५ वर्ष विद्यालयमा शिक्षकको रुपमा काम गरेका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन्। उनले वायरलेर प्रविधिको प्रयोग गरेर गाउँगाउँमा इन्टरने सुविधा पुर्‍याएबापत् एसियाको नोबेल पुरस्कार समेत पाएका छन्।

मगासेसे पुरस्कारबाट समेत पुरस्कृत पुनले स्थापना गरेका मुनाफारहित संस्था आविष्कार केन्द्र काठमाडौंको कीर्तिपुरमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्