अमेरिकामा ७ महिने शिशु मेयर !



१२ पुष २०७६, वासिङ्टन

चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् ।

अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । ‘मेक अमेरिका काइन्ड अगेन’ नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ ल्याएसँगै टेक्ससमा गर्भपतन विरुद्ध नयाँ अभियान थालिएको हो । जहाँ देशभक्ति र गर्भपतनको विरुद्ध नयाँ अभियानसँगै यी सात महिने शिशुलाई अभियानको मोहोराको रुपमा अघि सारिएको हो ।

चार्लीका आमाबावुले लिलामीमा राखिएको मेयरको उपाधि गत अक्टोबरमा ‘फन्ड रेजिङ’का लागि किनेका थिए । साथै मेयर पद नियमित कामकाजका लागि नभएर अभियानको हिस्साको रुपमा मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्