युवाको कानभित्र साङ्लाको घर !



१२ पुष २०७६, काठमाडौं

‘मेरो कानमा ठूलै चोट परेको छ’ यसो भन्दै २४ वर्षीय व्यक्ति उफ्रिँदै अस्पताल पुग्छन् । एल भि नाम गरेका युवा दाहिने कानमा तीव्र दुखाई भएपछि अस्पताल पुग्छन्। यो दुखाइ पछि ठूलै समस्या बन्यो।

उनको कानको जाँच गरेपछि अस्पतालका चिकित्सक नै अचम्ममा परे। द न्यु योर्क पोष्टका अनुसार उनको कानमा केही वस्तुले कोरेको वा केही घिस्रेको जस्तो महसुस हुन्थ्यो । चिकित्सकले जाँचमा कानमा फोहोर साङ्लाको परिवार भेटाए । कानको छेउदेखि भित्रसम्म साङ्लाले घर बनाएर बसेका रहेछन्।

युवकलाई चीनको गुआंग्डोंग प्रान्तको सान्हे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकका अनुसार उनको कानमा बत्ती बलेको छ र साङ्लाले कानभित्र ठूलो गुँड लगाएको जस्तो देखिन्थ्यो ।

सान्हे अस्पतालका नाक, कान घाँटी विशेषज्ञ सम्भवत यो सामान्य दुखाई मात्र होला सोचेको बताउँछन् । उनले आफ्नो चिकित्सा करियरमा यस्तो अच्चमको घटना नदेखेको बताए। उनी भन्छन्, ‘नयाँ चिजहरुले छिटो मोड लिने रहेछ ।

यस्ता अनावश्यक र असुविधाजनक कुराले ठूलो समस्या निम्त्याउन सक्छ,’ डा.यिजिन भन्छन् । ती व्यक्तिको कानबाट १० वटा साङ्ला निकालियो । जुन कानको वरिपरि घुमिरहेका थिए ।

कानभित्र घर बनाएर बसेका ती साङला निकाल्न चिकित्सले एक साधारण चिम्टीको प्रयोग गरे । चिम्टीको मद्धतले एकएक गरी साङ्ला निकाले । एल भि को कानबाट बिस्तारै साङ्ला, सानो बच्चा र साङ्लाले बनाएका अण्डाहरु बाहिर निकालियो ।

सान्हे अस्पतालका इ एन टि प्रमुख डा.जियाङ टेन्जियाङका अनुसार एल भिको जीवनशैली व्यवस्थित छैन् । उनी निकै फोहोर कोठामा बस्छन् । उनी सुत्ने ओछ्यानमा फाहोर र राती बाहिर खाना छाड्ने बानी थियो । यसैबीच साङ्लाहरु उनी वरिपरि रमाइलो गर्दै चल्ने गर्छन् । यसै क्रममा साङ्ला उनको कानमा पसेका हुन् ।

उनले यती गम्भीर लापरवाही गर्दागर्दै पनि उनको कानमा सानो चोटपटक मात्र लाग्यो । एन्टिबायोटिक र केही औषधि उपचारपछि उनलाई घर पठाइएको थियो । डा. यिन्जिङ भन्छन्, ‘राम्रो सरसफाइ अभ्यास गर्नुहोस, आफू वरिपरिका नाली र ढल किटाणुरहित राख्ने, झ्यालमा जालको प्रयोग गर्ने। यसले किराहरु नाक र कानमा घुस्नबाट बचाउँछ।’

प्रतिक्रिया दिनुहोस्