१२ पुष २०७६, काठमाडौँ
बलिउड स्टार सलमान खानले हिजो आफ्नो ५४ औँ जन्मदिन मनाए । सलमानको जन्मदिनका उनका केही कुराहरु सार्वजनिक भएका छन् । सबैलाई थाहा नै छ सलमान आफ्नो परिवारलाई असाध्यै माया गर्छन् । उनी परिवारको लागि आफ्नो सबैथोक त्याग्न तयार हुन्छन् ।
त्यसै कारणले पनि सलमान आफ्ना आमा र पिताका निकै प्यारा छन् । सानो उमेरदेखि नै सलमानको परिवारप्रतिको जिम्मेवारी निभाउँदै आएको उनका पिता सलिम खानले बताएका छन् । सलमान खानमाथि धेरै मुद्दाहरु समेत परेका छन् । एकपटक त उनी जेलसमेत गएका छन् । सलमान जेलमा १८ दिनसम्म बसेका थिए । त्यो समय सलमान र उनको परिवारको लागि नै सबैभन्दा खराब दिन थियो ।
उनका पिता सलीम खानले एक अन्तर्वार्तामा भनेका छन्, ‘हिट एन्ड रन केसमा सलमानलाई १८ दिन जेल भएको थियो । त्यसबेला हामी सधैं यही सोच्थ्यौं कि जेलमा सलमान कस्तो होला । त्यो निकै मुश्किल घडी थियो हाम्रो लागि ।’
हिट एन्ड रन केसमा सलमानलाई मुम्बईको ठाणे जेलको कैदी नम्बर ३४३ मा राखिएको थियो । सलीम अगाडि भन्छन्, ‘म एकपटक सलमानलाई भेट्न जेल गएको थिएँ । त्यहाँ पटक-पटक भनिरहेका थिए कि ३४३ लाई यहाँ ल्यायो, त्यहाँ लैजायो, यो-यो गर । म सोचमा परेँ कि यो ३४३ आखिर हो के रु त्यस्तैमा एक प्रहरीले ३४३ आयो भन्यो । मैले फर्किएर हेरेँ त सलमान थियो ।’
साथै सलिमले यो पनि भने की त्यसबेला सलमानले आफूप्रति निकै लज्जित महशुस गरेका थिए । आफ्नो कारणले मातापिताको आखाँमा आँशु देख्दा सलमान निकै दुखी भएका थिए ।