सन्तोष उपाध्याय बने ‘मिस्टर नेपाल २०१९’



१२ पुष २०७६, काठमाडौँ

बिहिबार राति अन्नपूर्ण होटलमा सम्पन्न भएको मिस्टर नेपाल २०१९ को उपाधी सन्तोष उपाध्यायले चुमेका छन् । मिस्टर नेपाल मा सहभागी २१ प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष विजेता बनेका हुन् ।

मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् ।

एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।

प्रतिक्रिया दिनुहोस्