१२ पुष २०७६, काठमाडौँ
केहीदिन अघिमात्र चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहको डिभोर्स भएको खबर एकाएक बाहिरियो । तर रामकृष्णले आफ्नो डिभोर्स नभएको भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए ।
उनले श्रीमती र छोरी अहिले आफूसँगै भएको पनि बताएका छन् । तर, अदालतका अनुसार यी दुईले कानूनी रुपमा डिभोर्स ९पारपाचुके० गरेका छन् । पारपाचुके गरे पनि यी दुई एकसाथ बस्दै आएका छन् । दुवैलाई यतिबेला सामाजिक सञ्जाल र समाचारका कारण तनाव बेहोर्नुपरेको छ ।
यस्तै रामकृष्णकी श्रीमती निलमले पनि सामाजिक सञ्जालमा रामकृष्ण र उनको तस्बिर सेयर गर्दै डिभोर्स नभएको बताएकी छिन् ।
कानूनी रुपमा भने निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेको देखिन्छ । ०७६(ऋए(३१८८ दर्ता नम्बर मुद्दाको पेशी सूचीको कैफियत खण्डमा ‘फैसलारअन्तिम आदेश(मिलापत्र’ भनी जिल्ला अदालत काठमाडौंले भनेको छ ।