१३ पुष २०७६, काठमाडौँ
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको चर्चा पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै नै भैरहेको छ । मिस वल्र्ड को उत्कृष्ट १२ सम्म पुग्न सफल अनुष्का यतिबेला सामाजिक कार्य गर्ने सोचमा रहेकी छिन् ।
हामीले देख्ने गरेका छौँ धेरै मिस नेपाल हरुको चाहना ग्ल्यामर फिल्डमा आउने रहेको हुन्छ । कतिपय मिस नेपाल हरु नायिका भएको समेत हामीले देखेका छौँ । झरना बज्राचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठ, निकिता चाण्डक, रुवी राणा यसका उदाहरुणहरु हुन् ।
तर अनुष्काको सोच भने ग्ल्यामर फिल्डमा आउने कत्तिपनि रहेको छैन । अनुष्काले आफूलाई नायिका बन्न रहर नभएको बताइन् । उनले दर्शकले आफूलाई चलचित्रमा कहिले पनि हेर्न नपाउने समेत बताइन् ।