कमेडी च्याम्पियन प्रति एलिजाले गुनासो पोखेपछि सन्तोषले दिए कडा जवाफ, भने : ‘तिम्रो श्रीमान धमला कमेडी कलाकार भन्दा कम छैनन्’



१३ पुष २०७६, काठमाडौँ

पछिल्लो समयमा नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियन ले दर्शकको मन जितिरहेको छ । कमेडी च्याम्पियन का हरेक एपिसोड युट्युब ट्रेन्डिङमा समेत आउने गरेका छन् ।

यस्तै कमेडी च्याम्पिय को गत हप्ता प्रशारित एपिसोडमा धमला दम्पत्ति गेष्टको रुपमा आएका थिए । त्यहाँ एक प्रतिस्पर्धीले ऋषि धमला र उनकी श्रीमती एलिजाको बारेमा जोक्स बनाएर भनेका थिए । यो कुराबारे ऋषि र एलिजालाई पहिले नै जानकारी गराइएको थियो ।

तर एलिजाले भने यो कुरालाई नकरात्मक रुपमा लिन पुगिन् । उनले कमेडी च्याम्पियन को सेटबाट बाहिर आएपछि आफूहरुको बारेमा निकै नराम्रो शब्द प्रहार भएको बताएकी थिइन् । साथै उनले कसैको बारेमा बोल्नु अघि धेरै पटक सोच्न जरुरी भएको पनि बताइन् ।

यस्तै यस कुरामा कमेडी च्याम्पियन का जज सन्तोष पन्तले कडा जवाफ दिएका छन् । उनले एलिजा भर्खरै कलाकारिता क्षेत्रमा आएकाले उनलाई यस क्षेत्रबारे त्यति ज्ञान नभएका कारण त्यस्तो भनेको बताए ।

कमेडी भन्ने बितीकै अरुलाई खिज्याउने पेसा भएकै हुदा यो पेसा संग रिस राख्नु गलत भएको सन्तोषले बताए । अझ थप्दै सन्तोष भन्छन’ऋषि धमला कमेडीयन भन्दा कम देखिन्नन्’ ।

प्रतिक्रिया दिनुहोस्