भक्तजनहरुलाई ऋण दिने मन्दिरको अनौठो चलन !



१३ पुष २०७६, काठमाडौँ

मन्दिर भन्ने वित्तिकै भगवानको पूजा आजा गर्ने ठाउँ भन्ने बुझिन्छ। तर त्यही मन्दिरमा सस्तो व्याजमा ऋण पाइन्छ भन्दा अनौठो लाग्न सक्छ ।

यो सत्य हो कि भारतको एउटा मन्दिरले दान दक्षिणाबाट उठको रकम स्थानीयलाई सस्तो व्याजमा ऋण दिने गरेको छ ।

यो मन्दिर भारतको हिमाञ्चलस्थित सिमलामा छ । मन्दिरमा जानेहरुले सजिलैसँग ऋण लिन सक्छन् । मन्दिरबाट ऋण लिने परम्परा धेरै पुरानो भएको स्थानीयहरु बताउँछन् । मन्दिरबाट दिने ऋण एक वर्षमै तिर्नुपर्छ ।

मन्दिरबाट लिएको ऋणको केवल दुई दशमलव तीन प्रतिशत मात्र व्याज तिर्नुपर्छ । ऋण लिने आर्थीक अवस्था धेरै कमजो भए मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी गरिदिन सक्छन् ।

ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने कुरा हेरिन्छ । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वासका कारणले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोच राखिँदैन ।

प्रतिक्रिया दिनुहोस्