१३ पुष २०७६, काठमाडौं
अमेरिकाको न्यूयोर्कमा यहूदीहरूको प्रार्थना सभा नजिकैको घरमा केही मानिसमाथि छुरा प्रहार भएको छ।
त्यहाँ भएका सयौं घाइतेमध्ये पाँच जनालाई अस्पताल लगिएको बताइएको छ। घाइते हुने सबै यहूदी रहेको जनाइएको छ। उनीहरु खानुखा भनिने यहूदीको एक पर्व मनाउन जुटेका थिए।
उत्तरी न्यूयोर्कको मोन्सेमा अवस्थित उक्त घर यहूदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ। प्रहरीले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको जनाएको छ।
अहिलेसम्म आक्रमणको कारण खुलेको छैन। न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनशीलता अपनाइने प्रष्ट गरेकी छिन्। त्यहाँ एक यहूदीलाई भने ६ पटकभन्दा बढी पटक छुरा प्रहार गरिएको बताइएको छ।
सन् २०१९ अमेरिकी इतिहासमै सबैभन्दा बढी नरसंहार भएको तथ्य आइरहेका बेला यस्ता घटना घटेको हो।-एजेन्सी