१३ पुष २०७६, काठमाडौँ
केही दिनदेखि सामाजिक सञ्जालमा रामकृष्ण ढकाल र उनकी श्रीमती निलमको डिभोर्सको खबर राम्रै चर्चा पाइरहेको छ ।
रामकृष्णले आफ्नो डिभोर्स नभएको स्पष्टिकरण दिइरहदाँ अदालतमा भने ढकाल दम्पत्तिको डिभोर्स भैसकेको देखिएको थियो । यसैबिच हिजो राजधानीको सोल्टि होटलमा आयोजित वृहत सांस्कृतिक कार्यक्रममा रामकृष्ण ढकाल आफ्नी श्रीमती र छोरीसँग देखिएका थिए ।
कार्यक्रम अवधीभर उनीहरुको जुन खालको सामिप्यता देखिएको थियो, यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो । मिडियाको क्यामेराले पनि ढकाल दम्पत्तीलाई नै बढी खोजे । कार्यक्रममा ढकालले गायिका भोस्लेसँग गीत गाएका थिए । रामकृष्णले गीत गाइरहँदा निलम र रानीले दर्शकदिर्घाबाट साथ दिएका थिए ।