१३ पुष २०७६, काठमाडौँ
नायिका रीमा विश्वकर्माको सोसल साइटहरु ह्याक भएका छन् । अहिले उनले आफ्नो फेसबुक, इन्ष्टाग्राम, इमेल चलाउन पाएका छैनन् ।
क्रिसमस डे को दिन उनको मोबाइल हराएको थियो । मोबाइल जुन व्यक्तिको हातमा परेको थियो, उसले रीमाको सबै सोसल साइटको पासवर्ड परिवर्तन गरिदिएको रहेछ ।
रीमाले आफ्ना फ्यान र शुभचिन्तकलाई आफ्नो आइडीबाट आएको म्यासेज रिप्लाई नगर्नको लागि आग्रह गरेकी छिन् । साथै उनले यसबारे आफूले उजुरी समेत दिइसकेको बताएकी छिन् ।