ठाकुर प्रताप दुलालको आवाजमा ‘मदिरा’ सार्बजनिक



१३ पुष २०७६, काठमाडौँ

ठाकुर प्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दरिलो परिचय बोकेको नाम हो । संगीतमा एम.ए. सम्मको अध्ययन गरेका ठाकुर प्रताप दुलालले आफ्नो स्कुले जिवन देखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा नै बनाउने अठोट गरिसकेका थिए । एसएलसी सकिएपछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिई संगीत पढ्ने क्रममा भारतको कोलकाता स्थित रविन्द्र भारती विश्व विद्यालय बाट सन् २००७ मा संगीत विषयको एम.ए. पुर्ण गरे ।

प्रारम्भिक अवस्थामा आफ्ना संगीतका माध्यमबाट स्रोता दर्शकमा चिनिन थाले । गीतकारहरु सँगको निकटता भएका कारणले थुप्रै गीतहरुमा संगीत भर्ने अवसर पाए र आफुले सिकेका कुराहरु पुर्ण रुपमा प्रयोग गर्ने कोसिस् गरे । फल स्वरुप “म आए या गएँ” “ति लोभी नजरले” “लहरा बनेर सधैँ” जस्ता कालजयी गीतहरु अहिले सदाबहार रुपमा बजिरहेका छन् । राष्ट्रिय सर्जक ब्याकुल माईलाको एकल शब्दमा दुलालको एकल संगीतमा निर्माण रहेको “छाल भित्रका प्रतिबिम्ब” गीत एल्बमले त्यती बेला निकै राम्रो चर्चा पाएको थियो ।

हालसालै उनले “उधारोमा उसले दिलायो मदिरा” भन्ने गीत आफ्नै गायनमा बजारमा ल्याएका छन् । केशब अधिकारीको संगीत रहेको उक्त गीतमा आमोसले संगीत संयोजन गरेका छन् । यस गीतलाई संगीतकार अधिकारीले नै लेखेका हुन् । बरुण जंग लिम्बु र पुजन घिमिरे अभिनित यस गीतको भिडियोको निर्देशन मुनाल शिसिर कोईरालाले गरेका छन् । मदिरा पिउने सम्बन्धमा रहेको यस गीत ले नेपाली सांगीतिक बजारमा राम्रै चर्चा पाउने आस गरिएको गायक बताउदछन् । गायक दुलालको केही समय अघि बजारमा आएको सान्नानी बोलको गीतले पनि राम्रै चर्चा बटुल्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्