ट्रम्पले फेरि चुनाव जिते छोरी इभान्काले ह्‍वाइटहाउस छाड्ने



१४ पुस २०७६, वासिङ्टन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले यदी आफ्ना बावुले फेरि राष्ट्रपतिको चुनाव जिते ह्वइटहाउस छाड्ने संकेत गरेकी छन् ।

२०२० मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले जितेको खण्डमा इभान्काले ह्वाइटहाउस छाड्ने संकेत दिएकी हुन् । सिबिएस च्यानलसँग अन्तर्वार्ताको क्रममा इभान्काले अब आफ्ना सन्तान र उनीहरुको खुसीलाई पहिलो प्राथमिकता दिने उनले बताएकी हुन् ।

उनका बावुले फेरि चुनाव जितेको खण्डमा उनको प्रशासन सम्हालिराख्ने कि छाड्ने भनी अन्तर्वार्तामा सोध्दा इभान्काले आफ्ना सन्तानको लागि समय दिने प्रतिक्रिया दिइन् । ‘मेरा निर्णय सधैँ उनीहरुका आवस्यकताका लागि पहिलो र प्रमुख हुनेछन् । यसैले मेरो जवाफ उनीहरुले नै निर्धारण गर्नेछन्,’ सिबिएसको ‘फेस द नेशन’ का लागि इभान्काले भनेकी हुन् ।

उनले पछिल्लो दुई वर्षमा देशका हरेक राज्य भ्रमण गरेको र यो अवसरको लागि नै भएको उनको भनाइ छ । ३८ वर्षीया इभान्काले सामाजिक अभियानको आफ्नो काम सम्पन्न भइनसकेको पनि बताइन् । उनले थपिन्, ‘हामीले धेरै गर्यौँ, तर पूर्ण भएको छैन ।’

यस्तै उनले यथार्थमा राजनीति कम महत्वको विषय भएको प्रतिक्रिया दिएकी छन् । इभान्का र उनका पति जार्ड कुसनर २०१७ देखि नै ट्रम्प प्रशासनका लागि काम गर्दैआएका छन् । उनीहरुले ट्रम्पको राष्ट्रपतीय अभियानका लागि पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्