निकेशले ब्वाइफ्रेण्डबारे खुलेर बोले, भन्छन् छोरा भएपनि मलाई छोरी बन्न मनपर्छ



१४ पुष २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् निकेश श्रेष्ठ । निकेशलाई अहिले धेरै दर्शकले चिन्छन् । उनलाई धेरैले टिकटक बाट नै चिनेका हुन् ।

टिकटक मा केटी बनेर डान्स गर्दा गर्दै उनलाई दर्शकले चिन्न थालेका हुन् । हुन त उनी केटा हुन् तर अहिले उनले आफ्नो लुक्स पुरै परिवर्तन गरेका छन् । अहिले उनी आफूलाई केटी नै भन्न रुचाउँछन् ।

त्यतिमात्र नभएर निकेशले आफ्नो ब्वाइफ्रेण्डको बारेमा समेत खुलेर बोलेका छन् । उनले आफ्नो ब्वाइफ्रेण्डसँग केहीदिन अघिमात्र ब्रेकअप भएको बताए । तर उनी फेरि अर्को ब्वाइफ्रेण्ड बनाउन चाहन्छन् ।

निकेशले धेरैले नराम्रो प्रतिक्रिया समेत दिइरहेका छन् । तर उनीभने आफ्नो जीवनमा खुसी भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्