१४ पुष २०७६, काठमाडौँ
२०१९ मा २४६ फिल्म प्रदर्शनमा आए तर तीमध्ये ३४ फिल्म मात्र पूर्ण रुपमा सफल साबित भए । यसरी हेर्दा २०१९ मा बलिउडमा १३.८२ प्रतिशत चलचित्र मात्र हिट भए ।
तर थोरै चलचित्र सफल भएपनि २०१९ मा बलिउड फिल्मले राम्रो पैसा छाप्न सफल भने भएको छ । २०१९ मा बलिउड चलचित्रले ५ हजार ५ सय करोड कमाउन सफल भएको छ । यो सानो कमाइ भने होइन ।
धेरै लगानी गरिएका र आशा गरिएका चलचित्र असफल भए तापनि संयुक्त रुपमा यस बर्ष बलिउड चलचित्रले राम्रै पैसा छापेको छ ।