कांग्रेसबाट निर्वाचित मेयर डान्सबारबाट युवतीसहित पक्राउ



१४ पुस २०७६, काठमाडौं

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा युवतीसहित डान्सबारबाट पक्राउ परेका छन् । महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट मेयर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाको मेयरमा निवार्चित भएका हुन् ।

डान्सबारमा विवाद भएको खबरपछि प्रहरी टोलीले डान्सबारबाटै मेयरलाई पक्राउ गरिएको हो । मध्यरात मदिरा सेवन गरि होहल्लामात्र नभएर विविध किसिमका गतिविधि देखाएपछि युवति आफैले प्रहरीलाई खबर गरेकी थिईन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले परिवर्तन खबरकासँगको कुराकानीमा डान्सबारमा विवाद भएको खबरपछि प्रहरी टोलीले डान्सबारबाटै मेयरलाई पक्राउ गरी सम्झाई बुझाई छोडिएको हो ।

 प्रवक्ता चन्दले भने, मेयरलाई हामीले पक्राउ गरेको होईन, ‘मदिरा सेवन गरेर अनावश्यक विवाद गरेपछि सम्झाई बुझाई गरेका हौँ ।’

डान्स बारमा गएर होहल्ला तथा विवाद गरेको विषयमा मेयरसगँ प्रत्यक्ष कुरा गर्न खोज्दा मेयर धामीको नम्बर हाल सम्पर्क हुन सकेको छैन । उपमेयर राजमती बम्पाहलले परिवर्तन खबको कुराकानीमा भनिन्, ‘मेयर कार्यालय छोडेर जानुभएको १५ दिन जति भयो । मलाई मेयर डान्सबारबाट युवतीसहित पक्राउ परेको खबरबारे खासै जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्