सुडानमा २९ जनालाई मृत्युदण्ड



१५ पुष २०७६, काठमाडौं

अफ्रिकी मुलुक सुडानमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

उनीहरुलाई सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको हो। राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षीय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको समाचारमा उल्लेख गरिएको छ।

शिक्षक हत्याको मुद्दामा सुनुवाई हुने क्रममा सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो। राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन चर्केको थियो।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्