१७ पुष २०७६, काठमााडौँ
२०१९ को बिदाईसँगै २०२० को सुरुवात भएको छ । यो सँगै बर्षभरि भएका गतिविधिहरुको समिक्षा सुरु भएको छ । आज हामी यहाँ बलिउडमा २०१९ मा भएका खास कुराहरुबारे जानकारी दिनेछौँ ।
सन् २०२० शुरु भएसँगै २१ औं सताब्दीको दोस्रो दशक सकिएको छ । बलिउडको एक व्यापार विश्लेषण गर्ने साइटले आमिर खान अभिनीत चलचित्र दंगल लाई दशककै हिट चलचित्र घोषणा गरेको थियो । उक्त साइटले नै अक्षय कुमारलाई दशककै हिट अभिनेता भएको साबित गरेको छ ।
किनकी गएको दशकभरि अभिनेता अक्षय कुमारका चलचित्र धेरै प्रदर्शनमा आए र कमाई पनि निकै राम्रो गरे । गएको दशकभरि अक्षयले ३२ चलचित्रमा काम गरे । उनका ३२ चलचित्रले कूल ३ हजार १ सय १८ करोडको कमाई गर्न सफल भएको छ । १० बर्षमाा ३ हजारभन्दा बढीको कमाइ गर्ने चलचित्र पनि अक्षयको मात्र छन् ।
कूल कमाइमा धेरै भए पनि प्रति फिल्म कमाइमा भने आमिर खान सबभन्दा अगाडि छन्। १० वर्षमा जम्मा ६ वटा फिल्ममा अभिनय गरेका आमिरका फिल्मले कूल १२ सय ५८ करोड कमाइ गरेका छन्। औषतमा उनको एउटा फिल्मले नै २ सय करोडभन्दा बढी कमाइ गरेका छन्।
थोरै फिल्म भएर पनि अक्षयभन्दा बढी व्यापार गर्नेमा सलमान खान अगाडि छन्। १० वर्षमा आएका सलमानका १५ फिल्मले नै झन्डै अक्षयको जति २ हजार ९ सय १८ करोडको व्यापार गरेका छन्। उनको फिल्मको व्यापार प्रतिफिल्म १ सय ९४ करोड ५६ लाख छ। सय करोड कमाउने फिल्म पनि सलमानकै सबभन्दा बढी छन्।