एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल



१७ पुष २०७६, काठमाडौं

एक अनुसन्धानका अनुसार, एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरिरमा प्रवेश गर्दछन्। जसमध्ये २ सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छन्।

त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्दछ। यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारण समेत बन्न सक्छ।

धूम्रपानका दीर्घकालिन असरहरुः

-धूम्रपान र तम्बाकुको सेवनले मुटुमा धमनीसम्बन्धी रोग, फोक्सोको क्यान्सर इत्यादि हुने सम्भावना पनि बढाएर लैजान्छ।

-धूम्रपानले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) को पनि अत्याधिक सम्भावना हुन्छ। नियमित धूम्रपान गर्ने हरेक चार मध्ये एकलाई सिओपिडी हुने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ।

-सिओपिडी समस्याको् एक मात्र उपचार भनेको धूम्रपान त्याग्नु हो। जु

-जसकारण मायोकार्डियल इन्फेक्सन, फोक्सो क्यान्सरको सम्भावना पनि निकै कम भएर जान्छ।

-धूम्रपानले फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पुर्याउने गर्दछ। जसकारण उच्च रक्तचाप, अक्सिजनको कमी हुने लगायत समस्या उत्पन्न हुन्छ।

-नियमित धूम्रपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोंकाइटिस हुने गर्दछ। त्यसमध्ये आधा मानिस सिओपिडीको सिकार हुने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्