१७ पुष २०७६, काठमाडौं
महिलाहरु आफू सुन्दर हुनका लागि ब्यूटिपार्लर जान्छन्। फेसियल, स्क्रब र विभिन्न जस्ता विभिन्न उपायहरु अपनाउछन्।
आफ्नो स्वास्थ्यको लागि महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन्। तर, आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गर्दैनन्।
लिम्फैटिक फ्लुइड असर कम गर्छ
महिलाहरु कसिलो लुगा विशेषगरी ब्रा लाउने गर्दछन्। तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ। जसले गर्दा ब्रेस्ट र अन्डरआम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्तन मसाज आवश्यक छ।
ब्रेस्ट क्यान्सर कम गर्छ
कहिलेकाहीँ स्तनमा गाँठो बन्न जान्छ यो आफैलाई पत्तो नै हुँदैन। पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ। नियमित स्तन मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सकिन्छ।
तेलले मसाज गर्नुहोस्
बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्तन मसाज गर्नु बढी फाइदा हुन्छ।
घरमा नै स्तन मसाज
नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्तन माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानु हुँदैन भने स्तनलाई तातो तौलिया राखेर हल्का वार्म गर्नुहोस्। मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथि र तलको दिशामा पनि मसाज गर्नुहोस्।