अमेरिकामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुदैँ, प्रमोद र केकी निर्णायक



१७ पुष २०७६, काठमाडौँ

मेरो डान्स कप को चौथो र मेरो भ्वाइस कप को दोस्रो सिजनको घोषणा भएको छ । यो कार्यक्रम अमेरिकामा हुनेछ ।

अमेरिकामा रहने नेपालीले यो कार्यक्रममा भाग लिन पाउनेछन् । अमेरिकाको विभिन्न सहरहरुमा दुवै विधाको लागि अडिसन राखिनेछ । अडिसन बाट सेलेक्ट भएका २० जना फाइनलमा पुग्नेछन् ।

डान्सको तर्फबाट जजको रुपमा नायिका केकी अधिकारी रहनेछिन् भने गायनतर्फ प्रमोद खरेल जजको रुपमा रहनेछन् । विजेताले एउटा कार र १० तोला सुन पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्