आगलागीमा बावु गुमाउने १९ महिने बालकलाई उच्च सम्मान



१८ पुस २०७६,सिड्नी

अष्ट्रेलियाको भिषण आगलागीमा ज्यान गुमाउने स्वयंसेवक अग्नी नियन्त्रकका १९ महिने छोरालाई उच्च सम्मान दिइएको छ ।

गत साता अष्ट्रेलियाको जंगलमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास गरिरहँदा ३२ वर्षीय जोफ्री किटनको मृत्यु भएको थियो । बिहीबार उनको अन्त्यष्टीको क्रममा उनकै छोरा हाब्रे किटनलाई उच्च सम्मान दिइएको हो ।

आगो नियन्त्रण गर्दागर्दै ज्यान गुमाउने तीनजना अग्नी नियन्त्रकमध्ये जेफ्री एक स्वयंसेवक थिए । उनको अन्त्यष्टीको क्रममा दर्जनौँ अग्नी नियन्त्रकहरुले शिर निहुराउँदै सलामी दिएका थिए । अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन समेत उक्त आगलागीको घटनाका कारण आलोचित बनेका थिए ।

न्यु साउथ वेल्सको पूर्वी क्षेत्रमा आगलागी निभाउने क्रममा आठजनाको मृत्यु भएको थियो । जहाँ १८ जना हराइरहेका छन् । अष्ट्रेलियाको आगलागीका कारण पछिल्लो समय विश्वभर पर्यावरणीय बहस र चासो पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्