सलमानका ज्वाई आयुष भन्छन्, ‘सलमानलाई भान्जी उपहार दिनु पूर्व योजना थियो’



१८ पुष २०७६, काठमाडौँ

ब्लिउड अभिनेता सलमान खानले केहीदिन अघिमात्र आफ्नो ५४ औँ जन्मदिन मनाए । जन्मदिनमा उनले धेरै शुभकामना र उपहारहरु पनि पाए । तर त्यसमध्ये उनकी बहिनी अर्पिताले उनलाई निकै खास उपहार दिइन् ।

अर्पिताले सलमानको जन्मदिनको दिन दोस्रो सन्तानको रुपमा छोरी आयात लाई यो संसारमा भित्र्याइन् । सलमानले आफ्नो जन्मदिनको सबैभन्दा उत्कृष्ट उपहार नै आफ्नी भान्जी भएको बताए ।

यस्तै सलमानका ज्वाइले आयुषले सलमानको जन्मदिनमा उनलाई भान्जी उपहार स्वरुप दिने पूर्व योजना रहेको बताए ।

आयुष भन्छन्,‘सलमानले हामीलाई जन्मदिनमा उपहार सन्तान जन्माएर दिन भनेका थिए। हामीले पनि सोही दिन बच्चा जन्मियोस् भन्ने चाहिरहेका थियौं। संयोग पूर्व योजना अनुसार हामी सलमानलाई भान्जी उपहार दिन सफल भयौं।’

प्रतिक्रिया दिनुहोस्