२०२० मा पिता बन्दै सलमान खान !



१८ पुष २०७६, काठमाडौँ

सलमान खान २०२० मा पिता बन्ने भएका छन् । हुन त यसबारे सलमानले कुनै जानकारी गराएका छैनन् । तर उनले आफू पिता बन्न चाहेको भने बारम्बार बताइरहेका थिए ।

यो कुरा गरिरहँदा धेरैको दिमागमा सलमानको त विवाह नै भएको छैन, उनी कसरी पिता बन्दैछन् भन्ने प्रश्न आउन सक्छ ।

सलमानले लामो समयदेखि सेरोगेसी मार्फत पिता बन्ने बताएका थिए । उनलाई बाबु बन्ने निकै रहर छ । उनले विवाह भने गर्न नचाहेको बताएका छन् । उनी सिंगल फादर भएर आफ्नो बच्चालाई हुर्काउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्