१८ पुष २०७६, काठमाडौँ
भारतको रामगढमा बस्ने एक दम्पत्तिले गत अगस्टमा आफ्नो सन्तानलाई जन्म दिए । तर उनीहरुका सन्तान निकै अनौठा छन् । उनीहरुको बच्चाको निधारमा जन्मदाँ नै त्रिशुलको निशान थियो ।
यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । किनकी सामान्यतया कुनै पनि बच्चाको जन्मदाँ नै निधारमा त्रिशुलको निशान हुदैँन । अनौठो त के छ भने यो बच्चाको निधार, कुम र छातीमा हरेक दिन त्रिशुल, स्वस्तिक, ऊँ र त्रिनेत्र आदिको तस्बिर बदलिरहन्छ ।
अहिले उक्त बच्चाको घरमा बिहान बेलुका नै मानिसको भिड लाग्ने गर्छ । किनकी कसैले यो बच्चालाई शिव, कसैले विष्णु त कसैले दुर्गाको स्वरुप भएको बताएका छन् ।
यो बच्चा पुरै स्वस्थ रहेको पारिवारीक श्रोतले जनाएको छ । डाक्टरहरुले ब्लड कैपलरी डिफेक्ट से हिमान्जयोमा नामक रोगका कारण यस्तो समस्या आउन सक्ने बताएका छन् ।