गयक प्रकाश सपूत नेपाल भम्रण बर्ष २०२० को ‘सद्भावना दूत’ मा नियुक्त



 

१८ पुष २०७६, काठमाडौँ

पछिल्लो समयका निकै चर्चित र व्यस्त गायक प्रकाश सपूत नेपाल भ्रमण बर्ष २०२० को सद्भावना दूतको रुपमा नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनको लागि गण्डकी प्रदेश सरकारले प्रकाशलाई सद्भावना दूतको रुपमा नियुक्त गरेको हो ।

गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए।

प्रकाशले सद्भावना दूतको रुपमा नियुक्त भएकोमा निकै खुसी लागेको बताए । साथै उनले आफू कार्यक्रमको शिलशिलामा जहाँ पुग्छु त्यहाँ नेपाल भ्रमण बर्ष २०२० को राम्रोसँग प्रमोशन गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्