सोलुखुम्बुको मृगौला पीडित राईको लागि आर्थिक सहयोगार्थ समिति गठन



१८ पुष २०७६, काठमाडौं

सोलुखुम्बुस्थित माप्यदुधकोशी गाउँपालिका ४ काकुका सुर्य बहादुर राईको उपचारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले मृगौला पिडित राई बचाऊ सहयोग समिति गठन गरिएको छ।

दुवै मृगौला फेल भएका कारण राईको उपचार र प्रत्यारोपणका लागि आर्थिक अभाव भएपश्चात् पिडित राईका वहिनी मन्सु खालिङ राईको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको हो।

देशविदेशबाट प्राप्त हुने सहयोगलाई एकिकृत गरि पिडितको उपचारमा सहयोग गर्ने द्येयले सहयोग समिति गठन गरिएको संयोजक मन्सु खालिङ राईले बताइन्। माछापुच्छ्रे बैँकको सल्लेरी शाखामा सुर्य बहादुर राई बचाऊ सहयोग समितिको नाममा खाता खोलिएको छ। सहयोग गर्न चाहनेका लागि खाता नं १००१५२४९०४२५४०१७ रहेको छ।

संकलित रकमको पारदर्शितामा ध्यान दिईने र सहयोग गर्नेहरुको नाम सुर्य बहादुर राई बचाऊ अभियानको फेसबुक पेजबाट सार्वजनिक गर्दै जाने समितिका अर्को सदस्य डिवि खालिङले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्