इराकमा रहेका अमेरिकी नागरिकलाई तत्काल देश छाड्न चेतावनी



१८ पुष २०७६, काठमाडौं

इराकस्थित अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई तत्काल देश छाड्न चेतावनी दिएको छ।

अमेरिकी हवाई आक्रमणमा इराकी सेनाका कमाण्डर मारिएपछि अमेरिकी दूतावासले यस्तो सूचना जारी गरेको हो। ‘अमेरिकी नागरिकहरु विमानस्थलबाट सम्भव भएसम्म बाहिरिनुपर्छ। साथै जमिनबाट समेत अन्य देशमा जानुपर्छ।’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विमानस्थलमा आक्रमण गरी अमेरिकाद्वारा इरानी क्विड फोर्सका प्रमुखको हत्या
बगदाद विमानस्थलमा अमेरिकी रकेट हमलाको क्रममा शुक्रबार इरानी सेनाको विशेष फौजका कमाण्डरको मृत्यु भएको थियो। यो घटनासँगै इरानी अधिकारीहरुले अमेरिकालाई यसको मुल्य चुकाउनुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्