दिनभरी थकित महसुस गर्नुहुन्छ, किन? (फोटोसहित)



१८ पुष २०७६, काठमाडौं

दिनभरि कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ? नचाहँदा–नचाहँदै पनि यसले तपाईँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ।

प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुहोस् यी हुन सक्छन् जसका कारणहरुः

प्रशस्त पानी नपिउनु

एक अध्ययनकाअनुसार शरिरमा पानीको मात्रा कम भएमा यसले तपाईँलाई थकित महशुष गराउछ। त्यसैले,प्रशस्ता मात्रामा पानी पिउने गर्नुहोस्।

आइरनको कमी

रगतमा आइरनको मात्रा कम हुँदा शरिरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाईँलाई थकित बनाउँछ। आइरन प्रसस्त मात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी गर्नूहोस्।

ब्रेकफास्ट

ब्रेकफास्ट शरिरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्दछ। बिहान हतार–हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाईँ थकित रहने सम्भावना प्रवल हुन्छ। त्यसैले, ब्रेकफास्टमा नियमित रहनुहोस्।

अनियमित ब्यायाम

यदि तपाईँ ब्यायाम गर्नुहुन्छ। तर नियमित गर्नुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाईँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न। त्यसैले, ब्यायामलाई नियमित बनाउनुहोस्।

काममा लोड

कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ। यसले तपाईँलाई फूर्तिलो रहन दिदैन। याद रहोस् तनावले विस्तारै–विस्तारै तपाईँलाई गलाइरहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्