जाडोयाममा पुरुषले खानैपर्ने ‘डाइट’



१८ पुष २०७६, काठमाडौं

तुलानात्मक रुपमा महिलाले भन्दा पुरुषले बढी नै डाइट खानुपर्ने हुन्छ। त्यसमा पनि चिसो मौसममा पुरुषको शरिरलाई बढी क्यालोरी भएको खानेकुरा चाहिन्छ। तसर्थः स्वस्थ्य रहन बढी क्यालोरी खान पनि चिकित्सकहरु सुझाव दिन्छन्।

खानेकुरा के खाने त?

छोकडा

छोकडामा भिटामिन र मिनिरल्स हुन्छ। यसले ताकत र शक्ति मिल्दछ। रातिमा एक गिलास तातो दूधमा छोकडा मिसाएर पिउँदा राम्रो फाइदा गर्दछ।

ओखर

ओखरमा ओमेगा–३ पाइन्छ। यसले पुरुष अंगमा रगतको गति बढाउन मद्धत गर्छ। दैनिक एक मुठ्ठी (७५ ग्राम) ओखर खाने हो भने स्पर्मको संख्या र आकार पनि बढाउँछ।

अण्डा

अण्डामा प्रोटिन, क्याल्सियम र आइरन पाइन्छ। चिसो मौसमको दिनमा अण्डा खाने हो भने शरिरलाई तातो बनाउँछ र शक्ति प्रदान गर्छ। दैनिक बिहान खाजामा दुई वटा उसिनेको अण्डा खानु लाभदायक हुन्छ।

अंगुर

अंगुर एन्टि अक्सिडेन्ट हो। यसको प्रयोगले छालालाई ताजा राख्छ। दैनिक एक कचौरा अंगुर वा एक गिलास अंगुरको रस खानु राम्रो हो।

गाजर

गाजरमा भिटामिन तथा एन्टि अक्सिडेन्ट भएकाले गाजरको प्रयोग गर्नुपर्छ। यसले छाला राम्रो हुनुका साथै स्पर्मको संख्या बढाउँछ। दैनिक काँचो गाजर खानु राम्रो हो।

अनार

अनारमा अक्सिडेन्ट हुन्छ। वृद्ध बनाउने गतिलाई कम गर्छ। वीर्य उत्पादनलाई मद्धत गर्छ।

अमला

अमलामा आइरन र भिटामिन हुन्छ। यसले वृद्ध बनाउने गति रोक्छ। यसले कपाल समेत कालो पार्ने काम गर्छ।

लसुन

लसुनमा भएको एलिसन कम्पाउण्डले पुरुष अंगमा रगत संचार गराउँछ। दैनिक ३–४ वटा केस्रा लसुन खाँदा शुक्रकीटको संख्यासमेत बढाउँछ।

स्याउ

यसमा भिटामिन र मिलिरल्स हुने भएकाले दैनिक खानु राम्रो हुन्छ।

अम्बा

अम्बामा भिटामिन सी हुन्छ। यसले लामो समयसम्म जवान राख्न पनि मद्धत गर्छ। दैनिक एउटा अम्बा खान सकियो भने त्यो निकै लाभदायक हुन्छ।

प्रतिक्रिया दिनुहोस्