१९ पुष २०७६, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न सरकारसँग माग गरेको छ ।
पृथ्वीजयन्ती तथा एकता दिवसको तयारी गर्न बोलाइएको बैठकले उक्त माग गरेको हो ।
राप्रपाले २६, २७ र २८ पुसमा ३ दिन पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको पार्टीले जनाएको छ । नयाँ पत्रिकाबाट साभार गरिएको हो।