१९ पुस २०७६, काठमाडौं
नेपाली विद्यार्थी आन्दोलनका दुई ठूला संगठन अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी मिलेर बनेको अनेरास्ववियूको ३३५ सदस्यीय केन्द्रिय कमिटीको एकता टुङ्गिएको छ ।
अनेरास्ववियू फ्याक्सन ईन्चार्ज हितमान शाक्य, सह–ईन्चार्ज बिनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङको सहभागीतामा भएको बैठकले जिम्मेवारी बाँडफाँड टुङ्ग्याएको अनेरास्ववियूद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।
३३५ सदस्यीय केन्द्रिय कमिटी मध्ये साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू क्रान्तिकारीबाट १५५ सदस्यहरु छानिएका छन् । एकीकृत अनेरास्ववियूको केन्द्रिय सचिवालय १११ सदस्यीय, स्थायी कमटी ४५ सदस्यीय, केन्द्रीय कार्यालय निर्णय बमोजिम गठन गर्नेगरी सहमति गरिएको छ ।
बैठकले केन्द्रिय कमिटीको अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी तीन केन्द्रिय विभाग समेत टुङ्ग्याएको छ ।
अनेरास्ववियूद्वारा जारी जिम्मेवारी सहितको विज्ञप्ती :