रणवीरले लिए दिपिकाको घरमा फ्ल्याट भाडामा, तिर्छन् ३४ करोड १५ लाख



१९ पुष २०७६, काठमाडौँ

रणवीर सिंह र दिपिका पादुकोण दुवै बलिउडका सफल कलाकार हुन् । उनीहरुले अघिल्लो बर्ष इटालीमा धुमधामसँग विवाह गरेका थिए । रणवीर र दिपिकाबारे नयाँ खुलासा भएको छ ।

रणबीर सिंहले एउटा फ्ल्याट भाडामा लिएका छन् र यो त्यही भवनमा हो जहाँ दीपिकाको घर छ । रणविरले दीपिकाकै घरमा ठूलो रकम तिरेर फ्ल्याट भाडामा लिएको खबर बाहिरिएको हो ।

भारतीय सन्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार रणबीरले जुन भवनमा फ्ल्याट भाडामा लिएका छन्, त्यही भवनमा २६ औं तलामा दीपिकाको घर छ ।

रणवीरले उक्त फ्ल्याटमा बसे बापत प्रत्येक महिना ७ लाख २५ हजार तिर्ने गरेका छन् । रणवीरले उक्त फ्ल्याट ३ बर्षको लागि लिएका हुन् । उनले तीन बर्षमा ३४ करोड १५ लाख बराबर तिर्नुपर्ने देखिन्छ । रणवीरले आफ्नै लागि वा केही कामका लागि यो फ्ल्याट लिएका हुन् त्यसबारे केहि बताएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्