राष्ट्रिय सभाका लागि कांग्रेसले टुंग्यायो उम्मेदवारहरुको नाम



१९ पुष २०७६, काठमाडौं

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ।

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

आगामी ९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो। कांग्रेसले प्रदेश नं. ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताए।

बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ। कांग्रेसले प्रदेश नं. १ मा नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) लाई उम्मेदवार बनाएको छ।

यस्तै प्रदेश नं. २ मा नगिना यादव (महोत्तरी) महिला, भोला पन्जियार (धनुषा)अल्पसंख्यक/अपाङ्गता रहेका छन्। प्रदेश नं. ३ मा हरिशरण श्रेष्ठ (सिञ्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला र प्रदेश नं. ४ मा सूर्यप्रसाद रेग्मी (स्याङजा), विमला गौचन (म्याग्दी) रहेका छन् भने, प्रदेश नं. ५ मा बालकृष्ण पाण्डे (अर्घाखाँची), गिरिजा न्यौपाने (दाङ), मेराज हलवाई(बाँके) अल्पसंख्यक/अपाङ्गता रहेका छन्।

यसैगरी प्रदेश नं. ७ मा प्रताप ठगुन्ना(बैतडी), तुलसी देवकोटा (कैलाली) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्