यी हुन् जाडोमा छाला जोगाउने तरिका



१९ पुष २०७६ , काठमाडौं

-धेरै तातो र धेरै चिसो पानीले छालालाई असर गर्ने भएकाले नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्नुहोस्।

-नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर प्रयोग गर्नुहोस्।

-साबुनले छालालाई सुख्खा बनाउने भएकाले मोस्चराइज हुने खालको साबुन मात्र प्रयोग गर्नुहोस्।

-छालालाई मुलायम राख्नका लागि भिटामिन ‘ई’ भएको क्रिम वा लोसन नियमित प्रयोग गर्नुहोस्।

– इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउने भएकाले लामो समयसम्म हिटरको छेउमा नबस्नुहोस्।

-घाममा धेरैबेर नबस्ने। किनकी घामको अत्यधिक रेडिएसनले गर्दा छालाको क्यानसर हुन सक्छ।

-घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्किनुहोस्।

-बाक्लो, न्यानो अनि सफा कपडाको प्रयोग गर्नुहोस्।

-हातखुट्टामा बाक्लो खालको पञ्जा र मोजाको प्रयोग गर्नुहोस्।

-राति सुत्नुभन्दा अगाडि सधैँ फेसवासले मुख धुनुहोस्।

-छालामा अन्य समस्या देखापरे तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।

प्रतिक्रिया दिनुहोस्